अनेरास्ववियुद्वारा धारापानी मन्दिर सरसफाइ

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङ कमिटीको आयोजनामा धारापानी मन्दिर सरसफाइ गरिएको छ । उक्त कार्यक्रममा अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पस कमिटी मातहतका कमिटीमा आबद्ध १०७ जना विद्यार्थीहरु सरसफाइ कार्यक्रममा उपस्थित भएका थिए ।

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीका निबर्तमान अध्यक्ष बिशाल पुन मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाठा मगर, विशिष्ट अथिती नेकपा एमाले दाङ जिल्ला सदस्य, वडा न ६ का अध्यक्ष एवम् धारापानी मन्दिरका सचीव समेत रहेका बिष्णु आचार्य, विशिष्ट अथिती नेकपा एमालेका युवा नेता स्कुल बिभाग प्रमुख आदरणीय दाइ विवेक श्रेष्ठ, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी सह सचीव प्रबिन पुन मगर, अनेरास्ववियु निबर्तमान केन्द्रीय सदस्य इन्जिनियर बिराज डिसि, दाङ जिल्ला खेल्कुद बिकास अध्यक्ष अबिसेक बुरा मगर, युवा सङ दाङका उपाध्यक्ष मोहन पुन, अनेरास्ववियु दाङका सह संयोजक इन्जिनियर वसन्त प्र भडारि, कपिल बि सि, सचीव लक्ष्मण गिरि, कार्येलय सदस्य सुसन पौडेल, राजन घर्ती मगर, घोराही नगर इन्चार्ज एवम स्वोबियु सदस्य सबिन पोख्रल, नगर अध्यक्ष रबि खत्रीको उपस्थिती भएको थियो ।

कार्यक्रमका कमिटीका अध्यक्ष सागर पण्डितले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियोे । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष पण्डितले अनेरास्ववियुले आफ्नो कक्षा कोठा, धार्मिक तथा सार्बजनिक स्थल मात्र नभै समाजमा रहेका अराजक तथा खराब तत्वलाई सफाफ पार्दै समृद्ध नेपाल शुखी नेपालिको अभिभारालाई सार्थकता तुल्याउन थप रचनात्मक क्रियाकलाप गर्दै अधि बढने कुरामा अनेरास्ववियुले जोड दिनेछ भन्ने कुरा राख्दै सरसफाइ कार्यक्रमको सुरुवात गरिएको थियोे । उक्त कार्यक्रम अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङ कमिटीका सचीव मदन कृष्ण गौतमले संचालन गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *