चेतना अनलाइन
घाेराही, ५ फागुन । नेकपा (माओवादी) केन्द्र दाङका सचिव बिश्वराज आचार्यले मुलुककाे परिवर्तनका लागि जीवन आहुति दिने सबै शहीदहरूकाे उचित सम्मान हुनुपर्ने बताउनुभएको छ ।
शहीद नेत्रलाल पौडेल अभागीको नाममा हुलाक टिकट प्रकाशन भएको खुशीयालीमा अखिल (क्रान्तिकारी) दाङले घोराही १५ स्थित नेत्रलाल चोकमा शनिवार आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बाेल्दै उहाँले शहीद सबैकाे साझा भएकाे बताउनुभएको हाे ।
‘देश र जनताका लागि भनेर लड्दा लड्दै ज्याउन समर्पित गर्ने शहीदहरूलाई सबैले उचित सम्पत्ति दिनुपर्छ,’ आचार्यले भन्नुभयाे, ‘यदाकदा शहीदरूलाई कुनै पार्टी विशेषकाे बिल्ला भिराउने र अपमानित गर्ने गरेकाे देखिन्छ ।’
वर्तमान सरकारले दंगाली भुमीमा राजनीतिक आन्दाेलनमा विशिष्ट याेगदान पुर्याउने नेत्रलाल अभागी लगायत अन्य शहीदहरूकाे तस्बिर इंगित तस्बिर छापेर शहीदकाे उचित सम्मान दिने काम गरेकाे स्पष्ट पार्नुभयाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सांस्कृतिक विभागका केन्द्रीय सदस्य रामप्रसाद जैसी लगायतको उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराले गर्नुभएको थियाे ।