जनप्रियले मनायो आफ्नो १८औं वार्षिकोत्सव

दाङ, ४ फागुन  । तुलसीपुर २, दाङमा अवस्थित पश्चिम क्षेत्रको एकमात्र अव्वल र आफ्नो बेग्लै पहिचान गराउन सफल जनप्रिय इङ्लिस स्कूलले आफ्नो स्थापनाको १८ औ वार्षिकोत्सव मनाएको छ। “शिक्षा र संस्कारको एउटै धरोहर“ भन्ने मुल नारा बोकेको स्कूलको वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद योगीको अध्यक्षता र २ नं वडा कार्यालयका अध्यक्ष भीम बहादुर योगीको प्रमुख आतित्थतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत, नृत्य, नाटक, प्रहसन, लगायतका प्रस्तुति राखेका थिए । कार्यक्रम बोल्ने अतिथिहरुले शिक्षासँगै संस्कार पनि विद्यार्थीहरुका लागि अपरिहार्य भएको कुरा औल्याउनु भएको थियो।
त्यस्तै प्रमुख अतिथि योगीले आजको यो विज्ञान र प्रविधिको युगसम्ममा आइपुग्दा संस्कार भन्ने कुरा हराउँदै गएकाले देशमा विभिन्न किसिमका विकृति र विसङ्गति बढ्दै गएको कुरा राख्नुभएको थियो । जुन जनप्रियले आफ्नो नारामा उठाएको कुरा नारामा मात्रै सिमित नराखेर लागु गरेकाले आउँदा दिनमा पनि पढाइसँगै संस्कारलाई पनि जीवन्तता दिदै शैक्षिक मार्गलाई फराकिलो पारोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
विशिष्ट अतिथिकोे रुपमा बोल्दै विद्यालयका प्राचार्य प्रकाश कुमार शर्माले विद्यालयले हालसम्म गरेका चुनौती, सफलता र प्रगतिको बारेमा प्रकाश पार्नुभएको थियो। अभिभावक नै आफ्नो लागि भगवान स्वरुप भएको औल्याउँदै विद्यालय उत्थानको लागि विद्यालय, अभिभावक र विद्यार्थी सबैको त्रिकोणात्मक सम्बन्ध रहेकाले विद्यालयलाई सफल र सबल पार्नको लागि सबैको उत्तरदायित्व उत्तिकै रहेको कुरा राख्नुभएको थियो।
कार्यक्रमा सभाध्यक्ष अम्बिका प्रसाद योगीले “आजका बालबालिका नै भोलिको भविष्य हुन्“ भन्ने कुरा राख्दै बालबालिकाको पहिलो विद्यालय घर भएकाले घरबाटै असल संस्कार र सत्कार सिकेमा विद्यालयमा सिकेको अतिरिक्त शिक्षाले हर क्षेत्रमा सफलता चुम्न सकिने कुरा व्यक्त गर्नुभएको थियो । साथै जनप्रियमा विद्या आर्जन गरेका विद्यार्थी आज आएर निजामती, इन्जिनियर, चिकित्सक र प्राध्यापकजस्ता हर क्षेत्रमा सफलता पाएको दृष्टान्त दिदैं जनप्रियको खुलेरै प्रशंसा गर्नुभएको थियो।
सो अवसरमा अस्थाई प्रहरी चौकी बालापुरका इन्चार्ज दिनेश डाँगी, विद्यालय अनुगमन तथा संरक्षण समितिकी अध्यक्ष कान्छी चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। विद्यालयका परीक्षा संयोजक नवीन कुमार शर्माले कार्यक्रम सफल पार्न साथ र सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। विद्यालयका शिक्षक एवम् कार्यक्रम निर्देशक बासुदेव आचार्यको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक द्वय कमल डाँगी र अंकित आचार्यले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *