मुक्तकमलरीहरुको आयआर्जनका लागि चल्ला वितरण

घोराही उपमहानगरपालिकाले मुक्त कमलरीहरुको आयआर्जनमा बृद्धी गरी आत्मनिर्भर वनाउने लक्ष्यका साथ २४ जना मुक्त कमलरीहरुलाई ३१ वटाका दरले ६ हप्ते चल्ला वितरण गरेको छ ।

उपमहानगरपालिकाको पशु सेवा शाखाले चालु आर्थिक बर्षमा विनियोजन गरेको २ लाख रुपैयाँबाट उनिहरुलाई निशुल्क तालिम सँगै ३१ वटाका दरले चल्ला वितरण गरेको शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिनुभएको छ । चल्ला वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले यी चल्लाहरुलाई पुँजीकारुपमा पाल्न आग्रह गर्नुभयो ।

व्यवसायीकरुपले पाल्न सके राम्रो आम्दानी हुने भएकाले दानापानी, औषधीमा विषेश ध्यान दिएर चल्ला पाल्न सुझाब दिनुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *