घोराही उपमहानगरपालिकाले २१ वटा विद्यालयमा २१ जना स्वयंसेवक शिक्षक खटाएको छ ।
विषयगत शिक्षकहरुको अभाब हटाउन उपमहानगरपालिकाले विभिन्न बिषयमा छनौट गरेका २१ जना शिक्षकहरुलाई नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, नगर शिक्षा समिति संयोजक उद्धब न्यौपाने, महाशाखाका कर्मचारीहरु अजय वोहरा र विपना वर्तौला समेतको उपस्थितीमा नियुक्ती पत्र दिइएको छ ।
नगर प्रमुख चौधरीले नियुक्ति लिएर भोली देखि विद्यालय जान लागेका शिक्षकहरुलाई तोकिएका जिम्मेवारी इमान्दारी पूर्वक पुरा गर्न निर्देशन दिनुभयो ।