घाेराही, १ फागुन । १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा घोराही उप महानगरपालिका प्रथम भएको छ ।
प्रतियोगितामा प्रथम गराउन स्वर्ण, रजत र कास्य पदक संगै सहभागी सम्पुर्ण घोराही उप महानगरपालिकाका खेलाडीहरु, व्यवस्थापक, प्रशिक्षक, स्वास्थ्यकर्मी र खेल प्रेमी प्रति उपमहानगरले आफ्नाे फेसबुक ‘घाेराही उपमहानगरपालिका मिडिया’ मार्फत आभार सहित बधाई ज्ञापन गरेकाे छ ।
उपमहानगरले खेलको नेतृत्व गर्नुहुने नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्रपुन सहित समिति सदस्यहरुलाई विशेष आभार र बधाई ज्ञापन गरेेकाे छ ।
बेलझुण्डी रंगशालामा भएको खेलमा विभिन्न पाँच विधाहरु एथलेक्टीस, तेक्वान्दो, कराँते, भलिवल र कवडी गरि १ सय ६४ जना खेलाडी र २१ जना प्रशिक्षक एवं व्यवस्थापक गरि १ सय ८५ जनाको टिम सहभागि भएका थिए ।
