तीन वर्षभित्र घाेराहीलाई लागु औषध नियन्त्रित क्षेत्र : चाैधरी

घोराही उपमहानगरपालिकालाई लागु औषध नियन्त्रित नगर बनाउने लक्ष्य अनुसार वडा तहमा यसका बारेमा सचेतना मूलक कार्यक्रमहरु हुदै आएका छन् ।

जस अनुसार सोमबार वडा नम्बर ४ ले गोग्लीमा त्यस क्षेत्रका टोल विकास संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई लागु औषधको प्रयोगले निम्त्याएका समस्याहरुका बारेमा अभिमुखिकरण गरिएको छ । वडा नम्बर ४ को आर्थिक सहयोग एवं निर्णय पुर्नस्थापना केन्द्रको आयोजनामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नगर प्रमुख चौधरीले अबको तीन बर्ष भित्र नगरलाई लागु औषध नियन्त्रित नगर घोषणा गर्ने योजना रहेको भन्दै यसमा विषेश ध्यान टोल विकास संस्थाहरुले दिनुपर्ने बताउनुभयो । जो कोहीका बालबालिका लागु औषध दुव्र्यसनीमा लाग्न सक्ने भएकाले आफ्ना बालबालिकाको हेरविचार अभिभाबकले गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा अध्यक्ष मधुसुदन घिमिरेले लागु औषध दुव्र्यशनीबाट वडाबासीलाई बचाउन समेतना मूलक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । कार्यक्रममा लागु औषध दुव्र्यसनीले परिवार, समाज र अर्थ व्यवस्थामा पार्ने असरका बारेमा प्रहरी नायब निरिक्षक तुलबहादुर विक र निर्णय पुर्नस्थापना केन्द्रका उपाध्यक्ष बिष्णु वलीले प्रशिक्षण दिनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *