घोराहीमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमकाे समिक्षा

घाेराही, २८ माघ । घोराही उपमहानगरपालिकामा दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना अन्तरगत सञ्चालित कार्यक्रमहरुको अर्धवार्षिक प्रगति समिक्षा र आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा कार्यक्रम गरिएको छ ।

घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा भएको कार्यक्रममा परियोजनाका फोकल पर्सन मोतिराम न्यौपानेले हाल सम्म भए गरेका कामको प्रगतिका बारेमा जानकारी गराउनुभयो ।

चालु आर्थिक वर्षमा १८ वटा सामुदायिक माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई वृत्ति मार्गनिर्देशन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । यसैगरी, २०÷२० जनालाई कुक र कम्प्युटर हार्डवयर तथा नेटवर्क टेक्निसियन विषयमा १६९६ घण्टा तह २ को कार्यगत अभ्यास सहितको तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसी सहित वडा अध्यक्षहरु, सामान्य प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य, पूर्वाधार महाशाखाका प्रमुख युवराज पौडेल, नगर शिक्षा समितिका सदस्य तथा सामाजिक विकास महाशाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले अब पैसा अनुदान बाँड्ने भन्दा सीप, तालिम र अवसर दिनेमा जोड दिनुपर्ने बताउनुभयो । साथै उहाँले विद्यालयहरुमा चलिरहेका वृत्ति मार्गनिर्देशन कार्यक्रमलाई विस्तार र प्रभावकारी वनाउने तर्फ विषेश ध्यान दिन वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण सामाजिक विकास महाशाखाका कर्मचारी विपना वर्तौलाले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *