दाङ । नेपाल विद्यार्थी संघ दाङले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा शुक्रबार साँझ दीप प्रज्वलन गरेको छ ।
नेविसंघ दाङ जिल्ला समितिले कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै दीप प्रज्ज्वलन गरेको हो। नेविसंघका केन्द्रीय सदस्य निरज गिरिले कोइरालाको नेतृत्वमा नेपालमा २०७२ सालमा संविधान निर्माण भएको उल्लेख गर्दै कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो ।
नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलले कोइरालाले अप्ठ्यारो समयमा संविधान जारी गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको स्मरण गराउदै अहिले संविधान संकटमा रहेको भन्दै त्यसको रक्षाका लागि हामि लड्नु पर्ने समेत बताए ।
नेविसंघ दाङका जिल्ला सदस्यहरु गुरु प्रसाद गौतम , सचिन गौतम, दिपेन्द्र खड्का, सल्लाहकार ओम प्रकाश शर्मा , नेविसंघ संघ प्युठान सदस्य कौसिला कालाथोकी, नेविसंघ अम्बिकेश्वरी क्याम्पसका अध्यक्ष संगम शर्मा राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष बिजय बिष्ट स्ववियु बहुमुखी क्याम्पस सभापति मनोज डांगी सदस्य रमिला शर्मा, स्ववियु अम्बिकेश्वरी क्याम्पसका सभापति रण बहादुर खड्का लगायतको उपस्थितिमा नेपाली कांग्रेस दाङ जिल्लाको पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको हो। २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो ।