एमाले स्कुल विभागले दाङका १० ओटै पालिकामा प्रशिक्षण सञ्चालन गर्ने

चेतना अनलाइन

घाेराही, २६ माघ । नेकपा (एमाले) दाङ स्कुल विभागले जिल्लाका १० ओटै पालिकामा प्रशिक्षण सञ्चालन गर्ने भएकाे छ ।

पार्टी स्कुल विभाग दाङ्गको बिहिवार घाेराहीमा बसेकाे बैठकले जिल्लाका १० ओटै पालिकामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेकाे हाे । स्कुल विभाग प्रमुख विवेक श्रेष्ठको अध्यक्षता एवम् एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेतको प्रमुख आथित्यमा बसेकाे बैठकले पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सन्चालन गर्नुका साथै प्रशिक्षकहरुलाई बिषयगतरुपमा प्रशिक्षण कक्षा सन्चालनको जिम्मेवारी समेत प्रदान गरेकाे छ ।

जस अनुरुप माघ २६ र २७ गतेबङ्गालाचुली गाउँपालिकाकाे कमिरेचौरमा,फागुन ४ र ५ गते शान्तिनगर गाउँपालिकाकाे जुम्लेकुलामा, फागुन ५,६ र ७ गते गते बबई गाउपालिकाकाे हापुरेमा र फागुन ७ र ८ गते गढवा गाउँपालिकाकाे गढवामा प्रशिक्षण सञ्चालन गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी राजपुर गाउँपालिकाकाे राजपुरमा फागुन ९ र १० गते , तुलसीपुर उपमहानगरपालिकाकाे तुलसीपुरमा फागुन ११ र १२ , दङिशरण गाउँपालिकाकाे हेकुली सभाहलमा फागुन १४ र १५, लमही नगरपालिकाकाे लमहीमा फागुन १६ र १७ गते, घोराही उपमहानगरपालिकाकाे घाेराहीमा फागुन १८ र १९ गते प्रशिक्षण कार्यक्रम गरिने छ ।

राप्ति गाउँपालिकाको २७ गते पालिका कमिटीको बैठक बसि प्रशिक्षण मिति तय गरिने श्रेष्ठले जानकारी दिनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *