घोराही उपमहानगरपालिकालाई अबको ३ बर्ष भित्र लागु औषध नियन्त्रित नगर बनाउन वडा तहबाट लागु औषध दुव्र्यशन बिरुद्धको कार्यक्रमहरुलाई तिब्र पारिएको छ ।
विभिन्न वडाहरुले टोल विकास संस्थाका सदस्यहरु र विद्यालयहरुमा सचेतना मूलक कार्यक्रमहरुलाई तिब्रता दिएका हुन् । यसैक्रममा वडा नम्बर १७ ले चौघेरामा सचेतना मूलक कार्यक्रम गरेको छ ।
वडा अध्यक्ष रामलौटन चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसीको उपस्थितीमा टोल विकास संस्थाका पदाधिकारी र गोरक्ष रत्ननाथ मावि चौघेराका विद्यार्थीहरुलाई लागु औषध सेवनले गर्ने असर र यसका बिरुद्ध अब चाल्नु पर्ने रणनीतिका बिषयमा प्रशिक्षण र छलफल भएको हो ।