अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीकाे वार्षिकोत्सब

श्री अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी घोराही १८ अम्बापुर स्कुलको ४७ औँ बार्षिक उत्सव कार्यक्रम ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर पौडेलको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी ज्यूको प्रमुख आतिथ्यता र वडा अध्यक्ष भरतमणि अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

नगर प्रमुख चौधरीले यो स्कुल नमूना विद्यालयकारुपमा छनौट भएको भन्दै पैसाको लगानी भन्दा अनुशासन, लगनशिलता, मेहनत र शिक्षकहरुले पढाउने कुरामा बिषेश जोड दिनुभयो । भौतिक संरचनाहरु बन्दै जाने भएकाले तत्काललाई विना पैसा गर्न सकिने परिबर्तनहरुको खोजी शिक्षक, व्यवस्थापन समितिले गर्नुपर्ने बताउनुभयो । सो अबसरमा विद्यालयमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *