घाेराही १ लाई सरसफाइयुक्त वडा बनाउन अभियान तीब्र

चेतना अनलाइन

घाेराही, २५ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १ लाई सरसफाईयुक्त वडा घोषणा गर्नका लागि अभियान तीव्र पारिएको छ।

वडालाई सरसफाई युक्त बनाउनका लागि विभिन्न टोलहरूमा अहिले सचेतनामूलक कामहरू तीव्र ढंगले अगाडि बढाइरहेको वडा अध्यक्ष राममणि पाण्डेयले जानकारी दिनुभयो। वडालाई सरसफायुक्त बनाउनका लागि गल्ने र नगल्ने फोहोरलाई छुट्याएर उचित व्यवस्थापन गरिने उहाँको भनाइ छ।

वडालाई सरसफाईयुक्त बनाउनका लागि सबै टोलको अनिवार्य सक्रिय सहभागिता आवश्यक पर्ने अध्यक्ष पाण्डेयले बताउनुभयो । ‘हामी हाम्राे वडालाई पूर्ण सरसफाइयुक्त वडा बनाउने अभियानमा छाैं, ‘ उहाँले भन्नुभयाे, ‘त्यसका लागि विभिन्न मापदण्डहरू पार गर्नुपर्छ, यसका लागि सबैभन्दा बढी टाेलबासीहरू जागरुक हुनुपर्छ ।’

अहिले यो अभियानमा वडाका सबै टोल विकास संस्थाहरुलाई परिचालन गरिएको छ। प्रत्यक घरबाट उत्पादन हुने गल्ने र नगल्ने फाेहाेरकाे वर्गीकरण गरिने पाण्डेयले जानकारी दिनुभयाे । गल्ने फाेहाेरलाई कम्पाेष्ट मल बनाइने छ भने नगल्ने फाेहाेरलाई उपमहानगरपालिकाकाे गाडीमा हालिने छ ।

यसैबीच टाेलबासीहरूलाई सचेतामुलक तालिम दिइएको छ । उपमहानगरपालिकाको सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले प्रशिक्षण दिनुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *