जनयुद्ध दिवसको अवसरमा तुलसीपुरमा वक्तृत्वकला प्रतियोगिता हुने

जनयुद्ध दिवसको अवसरमा तुलसीपुरमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । यहि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा ने क पा (माओवादी केन्द्र) अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिका कमिटीले तुलसीपुरमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका भित्रका निजि तथा सरकारी विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययनरत बिद्यार्थी सहभागी हुने पाउने छन । “संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जनयुद्धको भूमिका ” बिषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगी ले नगद पुरस्कार रु ७,०००।- , द्वितीय स्थान हासिल गर्ने प्रतियोगी ले नगद पुरस्कार रु ५,०००।- र तृतीय स्थान हासिल गर्ने प्रतियोगी ले नगद पुरस्कार रु ३,०००।- सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक ले जनाएको छ ।

जनयुद्ध दिवसको‌ अवसरमा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा हुने अखिल(क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वली (जनार्दन) ले जानकारी दिनु भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *