राप्ती प्रतिष्ठानमा २ सय बढि बिरामीको मिर्गौलामा भएको पत्थरीको सफल अप्रेसन

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभाबकारी बन्दै गएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले ओपिडिबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन । युरोलोजि सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि बिशिस्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा बिस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ ।
युरोलोजी गरिएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मिले सो सेवा दिइरहेको कामु निर्देशक डा. कडेलले बताए ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने प्रतिष्ठानका युरोलोजीष्ट डा. प्रबोध रेग्मीले बताए । अस्पतालमा युरोलोजि सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । प्रतिष्ठानका सुचना अधिकरि निशानदाजु भट्टराईले युरोलोजि सेवा अन्तरगत साना तथा ठुला गरेर हालसम्म झण्डै २ सय जना बिरामीको सफल अप्रेसन भएको जानकारी दिए । जसअनुसार ९८ जना बिरामीको गम्भिर प्रकृतिको अप्रेसन भएको छ भने १ सय १ वटा सामान्य अप्रेसन गरिएको छ ।
अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ समेत रहेका डा कँडेलका अनुसार युरोलोजी सेवा अहिले धेरै नै प्रभाबकारी भएको जनाउँदै स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा खुसी ब्यक्त गरेको बताए ।
दाङक डा रेग्मी यसअघि वीर अस्पताल काठमाडौं लामो समय युरोलोजि सेवा दिएका थिए । उनि लामो समयदेखि युरोलोजी सेवा दिएको अनुभवी चिकित्सक हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *