सरकारका प्रवक्ता मन्त्री रेखा शर्मा दाङमा

चेतना अनलाइन

घाेराही, १९ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्मा गृहजिल्ला दाङ आउनुभएको छ ।

भाेली गढवामा आयाेजित माओवादीबाट निर्वाचित दाङका जनप्रतिनिधिको बैठक तथा भेलामा सहभागी हुन मन्त्री शर्मा आज दाङ आइपुग्नुभएकाे सञ्चार मन्त्रालयका संचार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयाे ।
साे कार्यक्रममा माओवादीबाट निर्वाचित संघीय तथा प्रदेशका मन्त्री तथा सांसद्, पालिकाका प्रमुख/उपप्रमुख र वडा अध्यक्ष तथा सदस्यहरू सहभागी हुने छन् ।

मन्त्री शर्मा माघ २१ गते बेलुका या २२ गते बिहान काठमाडौं फर्कने सञ्चार विज्ञ केसीले जानकारी दिनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *