घाेराही, १७ माघ । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगर कमिटी दाङको बैठक आज सम्पन्न भएको छ।
नगर अध्यक्ष रमेश ओली ‘राजन’को अध्यक्षता एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकमा नेताहरूको कार्यविभाजन तथा फ्रयाक्सन इन्चार्जहरूको प्रस्ताव गरिएको थियो। बैठकमा नगर सदस्यहरूले कार्यविभाजनकाे प्रस्ताव माथि असन्तुष्टि जनाउदै बिराेध जनाएका थिए ।
त्यसपछि नगर अध्यक्ष ओलीले थप छलफल गरेर कार्यविभाजन गरिने प्रतिबद्धता जनाएका थिए ।
बैठकमा माओवादी केन्द्रले विधान सम्मेलनका लागि तल्लो कमिटीमा माग गरेको सुझावको विषयमा पनि छलफल भएको थियो।
बैठकको सञ्चालन नगर सचिव भागीदास चौधरी ‘साकार’ ले गरेेका थिए ।