अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा सहिद दिवसको अबसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
इकाई समिती अध्यक्ष इ. लोकेन्द्र डाँगीको अध्यक्षता एबम अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता तथा नेपाल बुद्धिजीवी संगठन दाङका सचिब डा. भिमसेन गिरी र अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य इ. गोबिन्द मल्लको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सन्चालन रोहित पहाडिले गर्नु भएको थियो ।