भूमि समस्या सम्वन्धि १ दिने कार्यशाला

घाेराही १४ माघ । नेकपा माओवादी केन्द्र दाङकाे आयाेजनामा भूमि समस्या सम्वन्धि एकदिने कार्यशाला शनिबार घाेराहीमा सम्पन्न भएको छ । पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यकाे अध्यक्षता र प्रतिनिधि सभा सदस्य नारायणी शर्माकाे प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै प्रतिनिधि सभा सदस्य नारायणी शर्माले भुमि सम्बन्धि समस्या एउटा अायाेगकाे मात्रै बिषय नभएर सरकार र सदनकाे बिषय रहेकाे बताउनुभयो । अहिलेसम्म भुमिकाे बिषय राजनीतिक नारा मात्रै दलहरूले बनाएकोले अब वास्तविक रुपमा माओवादी पार्टीले एजेन्डा बनाएर अगाडि बढाउनुपर्नेमा उहाले जाेड दिनुभयाे ।

कुनै बिषय आयाेगकाे भन्दा माथिको बिषय भएकोले सरकार र सदनले गर्नुपर्ने बिषय रहेकोले आफूले सदनमा बहस र समाधानको लागि उठाउने पनि शर्माले बताउनुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्टले राजनीतिक प्रतिशाेधका कारणले पनि भुमि समस्या हल हुन नसकेको बताउनुभयो ।

स्थानीय सरकार गम्भीरतापूर्वक लागेकाे बताउदै उहाँले भुमि सम्वन्धि ऐन कानुनले समेत अप्ठ्यारो पारेको बताउनु भयाे । कार्यक्रममा बाेल्ने अन्य वक्ताहरुले भुमि समस्या हल गर्न अान्दाेलन र दबाब सिर्जना आबश्यक रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय भुमि आयाेग दाङका अध्यक्ष लेखराज सिहले हलमा उठेको प्रश्नकाे जवाफ दिदै आयाेगकाे कार्यविधि अनुसार काम अगाडि बढेको बताउनुभयो ।

अहिले सक्रिय पालिकाहरुमा जग्गा नापजाँचकाे कार्य अगाडि बढिरहेको बताउदै उहाँले विभिन्न समस्याहरुका बीच अायाेग अगाडि बढिरहेको बताउनुभयो । कार्यक्रममा आयाेगका विज्ञ सदस्य लक्ष्मी चाैधरीले आयाेगले गरिरहेका बिषयमा प्रशिक्षक प्रशिक्षण दिनुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *