पत्रकार बस्नेतको ‘मार्क्सवाद र उत्तर आधुनिकतावाद’ बजारमा

पत्रकार टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तक विमोचन भएको छ ।

दाङको घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने र वाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण गर्दै उपकुलपति प्रा. डा. लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताए । मुलुकको परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरूले परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्नुपर्ने उनले बताए ।

मार्क्सवाद विश्वको उत्कृष्ट विचार धारा भएको भन्दै प्रा. डा. लामिछानेले यसैको आलोकमा विश्वमा थुप्रै परिवर्तन भएको बताए । लामिछानेले मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकले युवा पुस्तामा पठन संस्कृति विकास गराउनेमा विश्वास लिएको बताए ।

कार्यक्रममा वाम विश्लेषक जनकपुरीले मार्क्सवाद र उत्तरआधुनिकतावाद विपरीत ध्रुवीय सिद्धान्त भएको बताउँदै पुस्तकले सजिलै भ्रम चिर्नेमा विश्वास गरे । पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

दर्शनका अध्यता प्रमोद धितालले दर्शन र मार्क्सवाद बुझ्न चाहने पाठकका लागि उपयुक्त कृति मार्क्सवाद र उत्तरआधुनिकतावाद भएको बताए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *