दाङ । घाेराहीमा हुने भनिएकाे दाङ लुम्बिनी प्रदेश स्तरीय एक्सपो–२०८० माघ २३ गतेदेखि हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी दाङ उद्योग वाणिज्य संघ, दाङ चेम्बर अफ कमर्श र व्यापारी बिच साेमबार घाेराहीमा भएको छलफलले माघ २३ गते मेला संचालन गर्ने निर्णय गरेकाे चेम्बर अफ कमर्श दाङका अध्यक्ष विकास अग्रवालले जानकारी दिनुभयाे ।
मेला लाग्ने ठाउँमा आलु,ताेरी,लगायतका अन्नवाली भित्र्याउन किसानले समय माग गरेका कारण भेला केही दिनलाई पर सारिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयाे । दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा माघ १२ गतेदखी २६ गतेसम्म आयोजना गर्न लागेको थियाे । अध्यक्ष अग्रवालका अनुसार,अहिले स्टल वुकिङ भइसकेको र महोत्सवको मञ्च ब्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयाे ।
महोत्सवमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि राखिने छ । सो अबसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको छ ।
घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङवाट अनुमति लिई महोत्सवको तयारी ब्यापक भईरहेकाे छ ।
महोत्सवमा उठेको सामाजिक काममा खर्चिने अध्यक्ष अग्रवालको भनाई छ । संकलित हुने रकम मध्ये खेल अभियानलाइ अघि बढाउन घोराहीको खेलकुद समितिलाई र असहाय, अशक्तको सहाराको केन्द्र बनेको मानव सेवा आश्रमलाई पनि केही रकम सहयोग हुने जानकारी दिनुभयाे ।