दाङ चेम्बर अफ घोराहीको दाङ एक्सपो माघ २३ गतेदेखि

घोराही माघ ८। चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ २३ गतेदेखि सुरु हुने भएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले चेम्बरको निर्धारित मितिमा तोकिएको एक्सपोको कार्यक्रम सरेको र आउने माघ २३ गतेदेखि गर्ने गरि समझदारी बनेको बताए । दाङ जिल्ला उद्याेग बाणिज्य संघ र मातहतका बस्तुगत समितीले जिल्ला प्रशासन कार्यालयमा हालेको उजुरीमाथी जिल्लाका सरोकारवाला पक्षबिचको छलफल गर्नेक्रममा एक अर्काले लगाउने मेला, एक्सपोमा सबैले सहयोग गर्ने र सबैले स्टल राख्दिने सहमती भएको प्रजिअ सुबेदिले बताए ।

प्रजिअ सुबेदिले यो समझदारी बन्नु राम्रो पक्ष भएको बताए । चेम्बरका निबर्तमान अध्यक्ष बलदेब योगिले मेला माघ २३ गतेदेखि हुने र सबैले सहयोग गर्ने बाताबरण बनेको बताए । यता, चेम्बरका जिल्ला अध्यक्ष बिकास अग्रवालले मेला सरेको बारे चेम्बरले कुनै बिज्ञप्ति जारी नगरेको बताए ।

चेम्वरले माघ २५ गतेदेखि लगाउने भनेको एक्सपो माघ १२ गतेदेखि गर्ने भनेर मिति सार्बजनिक गरेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *