भत्केको  कचवे बनाउन खाजा समयमै जागे कर्मचारी

संखुवासभा, २९ पुस । चैनपुर नगरपालिकाका कर्मचारीले खाजा समयमा पालिकाभित्र प्रवेश गर्ने कचवे निर्माण गरेका छन् । कार्यालय प्रवेश गर्ने सडकमा करिब पचास मिटर लम्बाइको कचवे निर्माण गरेका हुन् ।

मंगलबार दिउँसो खाजा खाने समयमा चैनपुर नगरपालिका अघि प्रवेशद्वार नजिकै फरक दृश्य देखियो । सधैँ कलम,कम्प्यूटरमै रहेर काम गर्ने पालिकाका कर्मचारी भने निर्माण गर्ने सामग्रीका साथ देखिए ।

कार्यालय प्रवेश गर्ने सडकमा लामो समयसम्म कचवे भत्किदा समस्या भएपछि कर्मचारीले खाजा समयमा सेवा प्रवाहलाई प्रभावित नपारेर कचवे निर्माण गरेका हुन् ।

पालिकाका इन्जिनियर रिवज खत्रीको नेतृत्वमा कर्मचारीहरुले श्रमदान गरी काम सम्पन गरेको पालिकाका अधिकृत सुशिल खड्काले जानकारी दिनुभयो । श्रमदानमा नगर प्रमुख कृष्ण कुमार तामाङ प्रमुख प्रशासकिय अधिकृत संतोष श्रेष्ठको साथ र सहयोगमा सम्पन्न भएको थियो ।  कचवेमा खाल्डा पर्दा पालिकामा आउँदा दूर्घटना बढेका थिए । कर्मचारीहरुले खाजा समयमा नागरिकलाई सेवा प्रवाहमा समस्या नपर्ने गरी श्रमदान गरेर कचवे निर्माण गरेका थिए ।  नगरप्रमुख कृष्णकुमार तामाङले कर्मचारीहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत कचवे निर्माण गरेकोमा धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । सेवा लिनु आउनुभएका पालिकाका सेवाग्राही बिरेन्द्र अधिकारी  कचवे निर्माणसँगै पालिमा आवतजावत गर्न सहज भएको बताउनुभयो । सो कवजे निर्माण सङै पाचखपन वाना , पोखरी , सिद्धकाली नुनढाकि क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत सहज भएको स्थानिय ज्ञावा तामाङले वताउनु भएको थियो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *