चेतना अनलाइन
घाेराही, २८ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य निर्मल आचार्यले समकालीन नेपाली राजनीतिमा सबैभन्दा क्रान्तिकारी पार्टी माओवादी भएकाे बताउनुभएको छ ।
मगर राष्ट्रिय मुक्तिमाेर्चा दाङले माघे संक्रान्तिकाे अवसरमा आयाेजना गरेकाे शुभकामना व्यक्त गर्दै उहाँले अहिले माओवादीलाई चाैतर्फी हमला भइरहेको बताउनुभयाे । आचार्यले इतिहासलाई सच्याएर ब्याख्या गर्न आवस्यक रहेकाे बताउनुभयाे ।
‘मगर समुदाय सोझो मात्र नभएर सचेत समुदाय हो । नभए लखन थापा मगर कसरी निरंकुसताका बिरुद्धको लडाइमा पहिलो सहिद भए ? मगर समुदाय को आफ्नो भाषा, लिपि, र आफनै संस्कृती छ ।’ आचार्यले भन्नुभयाे, ‘राजनैतिक अधिकार सङसङै भाषा, लिपि र संस्कृती को बिकास हुँदै जान्छ । खोसिएको राजनौतिक अधिकार संघिय लोकतान्त्रिक गणतन्त्रमा प्राप्त भएको छ । संघीय गणतन्त्र को जग माओवादी आन्दोलन हो ।’
कार्यक्रम अध्यक्ष खलुप्रसाद पुन मगरकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।