मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अखिल (क्रान्तिकारी) विजयी

चेतना अनलाइन

घोराही पुस २७ । एमाले नेता नेत्रलाल अभागीको ७९ औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियु दाङले आयाेजना गरेकाे मैत्रीपूर्ण खेलमा अखिल (क्रान्तिकारी) ले उपाधि जितेकाे छ ।
जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुबीच मैत्रीपूर्ण फुटवल प्रतियोगितामा अखिल (क्रान्तिकारी) ले उपाधी हात पारेकाे हाे । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गणेश खड्काको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोख्रेलले विद्यार्थीहरुका लागि नेत्रलाल अभागी आदर्श नेता भएको चर्चा गर्नुभयो ।

प्रतियोगितामा आयोजक अखिल, क्रान्तिकारी विद्यार्थी संगठन, नेवि संघ, क्रान्तिकारी विद्यार्थी संगठन विप्लबको सहभागिता रहेको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन प्रथम बनेको छ । पहिलो खेलमा नेविसंघ अनेरास्ववियुलाई १ का विरुद्द २ गोलले बिजयी हुँदै फाइनल प्रबेश गरेको थियो भने दोश्रो खेलमाअखिल (क्रान्तिकारी ) अखिल (क्रान्तिकारी) विप्लव लाई १ का विरुद्द ४ गोलले बिजयी हुदै फाइनल प्रबेस गरेको थियो।

चारटीम सहभागि प्रतियोगितामा नेवि संघले आयोजक अखिललाई र क्रान्तिकारी विद्यार्थी संगठनले विप्लब विद्यार्थी संगठनलाई हराएर फाइनल खेल भएको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन फाइनलमा पनि बिजयी भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *