तिवारीकाे स्मृतिमा श्रद्धाञ्जलीसभा

चेतना अनलाइन

घाेराही । नेकपा (माओवादी केन्द्र) घाेराही उपमहानगरपालिका कमिटी सल्लाहकार दिल बहादुर तिवारीकाे स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको छ ।

माओवादी घोराही -१, का अध्यक्ष भिमसेन बुढाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले वडा नं १ काे माले गाउसङ माओवादी को सम्बन्ध २०५५ सालदेखि रहेको बताउनुभयाे ।

उहाँले २०५५ सालमा दाङ- सल्यान – प्युठान को संयुक्त जिल्ला समितिको बैठक मालेमा भएको र उक्त गाउमा माओवादी कार्यकर्ताको रुपमा सबै भन्दा पहिला आफू पुगेको बताउनुभयो ।

माओवादी केन्द्र दाङका संयाेजक सुवास पुनले माओवादीकाे चार महिने जनतासँग विशेष रूपान्तरण अभियानले जनतामा नयाँ उत्साह थपिएको बताउनुभयाे ।

कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय जनसस्कृतिक बिभाग सदस्य राम प्रसाद जैसी, नेकपाका केन्द्रीय सदस्य यमलाल पुजाली, माओवादी प्रदेश सदस्य-प्रमिता चौधरी , नगर सचिव भागिदास थारु प्रेस सेन्टरका नेता पुरण शर्मा, वाईसीएल नगर अध्यक्ष कुशल बुढा, परिवारकाे तर्फबाट दील बहादुर खत्री लगातकाले श्रद्धाञ्जली मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रमकाे सञ्चालन लेखा राणाले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *