खैरागनार-लखवार जोड्ने बबई नदीमा पक्की पुलको शिलान्यास

घोराही ५ र ६ नम्बर वडा जोड्ने बबईमा पुल सिलान्यास
घोराही उपमहानगरपालिका वडा नम्बर ५ को खैरागनार र वडा नम्बर ६ को लखवार जोड्ने बबई नदीमा पक्की पुलको सिलान्यास गरिएको छ ।
संघीय सरकारको लगानीमा निर्माण हुन थालेको उक्त पुलको शनिवार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रतिनिधिसभा पूर्व सदस्य एवं नेत्रलाल अभागीका पत्नी विष्णु पौडेल, घोराही उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष विवेक बुढाथोकी र वडा नं ६ का अध्यक्ष विष्णुराम आचार्यले संयुक्तरुपमा सिलान्यास गर्नुभएको हो ।
नेत्रलाल मार्गअन्तर्गत बन्ने पुलको निर्माण शान्ति निर्माण सेवा काठमाडौले गर्नेभएको छ । २ वर्षभित्र निर्माण गर्ने पुल १ सय २० मिटर लामो हुनेछ भने १७ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । पुल सिलान्यास गर्दै घोराही नगर प्रमुख नरुलाल चौधरीले बबईका कारण आवतजावतमा हुने समस्या अव अन्त्य हुने बताउनुभयो । सुत्केरी हास हो अन्य विरामी तत्काल बजार पु¥याउन नदीमा पुल नहुँदा समस्या थियो नगरप्रमुख चौधरीले भन्नुभयो– यो पुल छिटो छरितो निर्माण गरौं, पुल निर्माणले यी सबै समस्या हटाउँछ । निर्माणका लागि सबैले सहयोग गरौं ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *