पुनकाे स्मृतिमा श्रद्धाञ्जलीसभा

चेतना अनलाइन

घाेराही, २० चैत । नेकपा (माओवादी केन्द्र) घाेराही उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य छविलाल पुन र पूर्व एरिया सेक्रेटरी रेखबहादुर पुनकी आमा पवी पुनकाे स्मृतिमा श्रद्धाञ्जलीसभा गरिएकाे छ ।

नेकपा (माओवादी केन्द्र) वड कमिटी अध्यक्ष खलुप्रसाद पुनकाे अध्यक्षतामा भएकाे कार्यक्रम बाेल्दै पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज निर्मल आचार्यले पुनकाे निधनबाट पार्टीले एक सच्चा अभिभावक गुमाएको बताउनुभयाे । पुन परिवारले वर्गसंघर्षमा राम्रो याेगदान पुर्याएकाे जानकारी दिनुभयाे ।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका नगर सचिव भागिदास चाैधरी साकार, युवा नेता शक्तिराम डाँगी, वसन्त चाैधरी लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमकाे सञ्चालन वडा सचिव सीताराम राेकाले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *