चेतना अनलाइन
घाेराही, २० पुस । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले राजनीतिमा युवा विद्यार्थीहरूकाे आकर्षण बढाउन जरुरी भएकाे बताउनुभएको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समिति शैक्षिक विभागले प्रकाशन गरेकाे ‘आजकाे शैक्षिक बहस’ पुस्तकलाई दाङ शाखाले आयाेजना गरेकाे वितरण समारोहमा बाेल्दै उहाँले अबकाे राजनीतिक क्षेत्रकाे नेतृत्व युवाहरूले लिन आवश्यक भएकाे धारणा व्यक्त गर्नुभएकाे हाे ।
मुलुक परिवर्तनको नेतृत्व माओवादीले गरेकाे उल्लेख गर्दै उहाँले अबकाे देशकाे आर्थिक समृद्धिकाे नेतृत्व पनि माओवादीले मात्र गर्न सक्ने स्पष्ट पार्नुभयाे ।
माओवादीकाे चार महिने जनतासँगकाे विशेष रूपान्तरण अभियानले जनतामा नयाँ उत्साह थपिएको आचार्यकाे भनाइ छ । ‘याे उत्साह कायम राखिराख्न पार्टीले नयाँ कार्यक्रम ल्याउने छ,’ आचार्यले भन्नुभयाे ।
नयाँ पुस्तामा दर्शन, जनयुद्ध र सूचना प्रविधिको बारेमा जानकारी हुन आवश्यक भएकाे उहाँको भनाइ छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा र नेता गाेविन्द मल्लले पुस्तककाे बारेमा जानकारी दिनुभएकाे थियाे ।
कार्यक्रममा युवा नेता शक्तिराम डाँगी, प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मन, विद्यार्थी नेता हिमाल महरा लगाएकाे उपस्थित रहेको थियाे ।
