अखिल (क्रान्तिकारी) पद्मोदय क्याम्पस घोराहीको तेस्रो इकाई सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले विष्णु गोराथोकिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा पद्मावती रावत र सुश्मिता बिक , सचिबमा संगिता चौधरी, सह सचिबमा भेषराज पोख्रेल , कोषाध्यक्षमा निर्मला भन्डारी, सदस्यहरुमा सुमन चौधरी, अश्मिता रेग्मी, निर्मला कालाथोकी,महान मगर र सुस्मा लम्साल रहनु भएको छ ।
अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला कार्यालय सदस्य गोबिन्द कुमार मल्ल , राप्ती इन्जिनियरीङ कलेज इकाई अध्यक्ष लोकेन्द्र डाँगी ,महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष प्रसान्त पोख्रेलले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन विष्णु गोराथोकीले गर्नु भएको थियो ।