रूपान्तरण अभियानले जनतामा नयाँ उत्साह थपियाे : घर्ती

चेतना अनलाइन

घाेराही, ६ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गुणेन्द्र घर्तीले पार्टीले सञ्चालन गरेकाे ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ ले आम जनतामा नयाँ उत्साह थपिएको बताउनुभएको छ ।

माओवादी केन्द्र घाेराही उपमहानगरपालिका कमिटीकाे कार्यालयमा सञ्चार उपकरणहरूकाे उद्घाटन गर्दै उहाँले अभियानबाट कार्यकर्ताहरू पनि निकै उत्साहित भएको बताउनुभयाे । ‘अभियानले जनता, कार्यकर्ता, पार्टी र सरकारबीच सुमधुर सम्बन्ध स्थापित भएकाे छ,’ घर्तीले भन्नुभयाे, ‘मुलुक समृद्धिकाे नेतृत्व माओवादीले मात्र गर्न सक्छ भन्ने जनतामा विश्वास रहेकाे छ ।’

अहिलेकाे परिवर्तन माओवादीले सञ्चालन गरेकाे वर्गसंघर्षकै उपलब्धि भएकाे उल्लेख गर्दै उहाँले अब पनि देश बनाउने स्पष्ट दृष्टिकोण माओवादीसँग मात्र भएकाे धारणा व्यक्त गर्नुभयाे ।

जनताकाे बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन पश्चगामी शक्तिहरू लागिरहेको उल्लेख गर्दै उहाँले त्यसकाे रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *