राप्तीमा “जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान” प्रभावकारी बन्दै

दाङ, २ पुस ।नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान” राप्ती गाउँपालिकामा प्रभावकारी बन्दै गएकाे छ।

अभियानको क्रममा राप्ती गाउँ पार्टी कमिटीले वडा भेला,टाेल कमिटी गठन सँगसँगै पार्टी सदस्यता नवीकरण लाई पनि तिब्र पारेको छ।

पार्टीले अभियानकाे शुरुआती चरणमै पालिकाकाे ९ वटै वडाहरुमा वडा कमान्डर ताेकेर अभियान सञ्चालन गरिरहेको छ।

अहिले दैनिक जसाे प्रत्येक वडाहरुमा भेला तथा छलफल कार्यक्रम सँगै पार्टी सदस्यता नवीकरण कार्य सञ्चालन भई रहेको पार्टीका गाउँपालिका सचिव बसन्त नेपालीले जानकारी दिनुभयो ।

पालिकामा अभियानलाई प्रभावकारी बनाउन पार्टीका प्रदेश सचिव कृष्ण अधिकारी “प्रकाश” इन्चार्जकाे रुपमा खटिनु भएको छ।

पार्टीका नेता र जनताहरु बीच भेटघाट पातलिदै गए सँगै जनताहरुमा देखिएको निराशा र पार्टी नेतृत्वमा रहेको सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्‍याउने उदेश्यले पार्टीले गत भदौ १६ गते देखि तीन महिने अभियान सञ्चालन गरेको हाे।

अभियान पुन १ महिना थप गरिएको छ ।
अभियान यही पुस १५ गते सम्म चल्ने बताइएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *