एक सहकारी एक उद्यम अनिवार्य : नगर प्रमुख चौधरी

दाङ, २८ मंसिर । घोराही उपमहानगरपालिकाले ७० बढी सहकारी संस्थाका पदाधिकारी, प्रबन्धक र प्रतिनिधीहरु सँग सहकारी संस्थाहरुको प्रबद्र्धन र नियमनका लागि बनेको नमूना कार्यबिधी र मापदण्डका विषयमा छलफल गरेको छ । उपमहानगरपालिकाको सहकारी तथा रोजगार प्रबद्र्धन शाखाले दुई दिन कार्यक्रमको आयोजना शाखाले तयार पारेका ति आधा दर्जन नमूना कार्यविधी र मापदण्डका विषयमा सहकारी संस्थाहरुका प्रतिनिधी सँग छलफल र राय सुझाब लिएको हो ।

सहकारी संस्थाहरुको सवलिकरण, प्रबद्र्धन र नियमनका लागि बनाईएका नमूना कानुनहरुलाई समय सापेक्ष बनाउने उदेश्यले नगर भरीका सहकारी संस्थाहरुलाई अभिमुखिकरण सँगै कार्यविधी र मापदण्डका बिषयमा जानकारी गराइएको शाखा प्रमुख प्रेम केसीले जानकारी दिनुभयो ।

सहकारीहरुले लागु गर्नुपर्ने कार्यविधी तयार गर्न सहयोग पुराउने, कार्य विधी अनुसार सहकारी नीति विधी सञ्चालन गर्न सहयोग, उपमहानगरपालिकाले जारी गरेका निर्देशन अनुसार स्वतपत्र, बचत योजना लगाएतका बारेमा जानकारी गराउने र सहकारीको योजना बनाउन सहयोग पुग्ने गरि कार्यक्रम गरिएको उहाँको भनाई छ । आर्थिक विकास समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले समय सापेक्ष सहकारीलाई अघि बढाउन सहकारी सञ्चालकहरुको राय सुझाब सहित कानुन बनाउने र नियमन गर्ने गरी कार्यविधी बनाईएको बताउनुभयो । सहकारी अब बचत र ऋण प्रबाहमा मात्रै सिमित हुन नहुने भन्दै उहाँले अब एक सहकारी एक उद्यम अनिवार्य भएकोमा जोड दिनुभयो ।

सहकारी आर्थिक र रोजगारको मियो भएको चर्चा गर्दै उहाँले नेपालमा केही छैन भन्दै विदेश जानेलाई रोक्न सहकारीले योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । ऋण लिने र तिर्ने मात्रै सहकारी सिमित भएको भन्दै उहाँले अब लिएको ऋणले उद्यम चलाउने र आर्थिक सम्पन्नता तर्फ ध्यान दिनै पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, नगर उपप्रमुख हुमाकुमारी डिसीले सहकारी अभियान भएको भन्दै अब यसको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिनुभयो । एक सहकारी एक उद्यम भन्ने नारा घोराही उपमहानगरले लिएको भन्दै उहाँले उत्पादनमा जोडन् सहकारीलाई सुझाब दिनुभयो । जोखिम मोल्न तयार नहुदा पनि सहकारीहरु बचत र ऋणमा मात्रै सिमित भएको उहाँको भनाई छ । कार्यक्रमको सहकारी शाखा प्रमुख प्रेम केसीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *