घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा हालै निर्माण सम्पन्न स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।
चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दोर्ण बहकारीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ट आतिथ्यतामा हापुर स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो ।
भवन उद्घाटनका अबसरमा महिलाहरुको पाठेघरको मुखमा क्यान्सर भए नभएको भिआईए स्कृनिंग समेत गरिएको छ । समितिका उपाध्यक्ष शान्ता सेर्पालीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी प्रमुख तुलसीराम गिरीले गर्नुभएको थियो ।