संविधानसभा सदस्य एवम् कम्युनिस्ट पार्टीका पुराना नेता गाैतमकाे स्मृतिमा श्रद्धाञ्जली

चेतना अनलाइन

घाेराही, ३० असाेज । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का तत्कालीन अध्यक्ष तथा संविधानसभा सदस्य शिवराज गाैतकाे दशाैं स्मृति दिवसकाे अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएकाे छ ।

नेकपा (माओवादी) केन्द्रकाे आयाेजनामा पार्टीका तत्कालीन केन्द्रीय सल्लाहकार समेत रहनुभएका गाैतमकाे स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएकाे हाे ।

श्रद्धाञ्जली कार्यक्रम बाेल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले नेपाली कम्युनिस्ट आन्दोलनमा गाैतमकाे याेगदान विशिष्ट रहेकाे बताउनुभयाे । उहाँले दाङकाे किसान आन्दोलनलाई उचाइमा पुर्याउन गाैतमले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउनुभयो ।

कार्यक्रमकाे सञ्चालन माओवादी केन्द्र घाेराही उपमहानगर कमिटी सचिव भागिदास चाैधरी (साकार) ले गर्नुभएको थियाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *