तुलसीपुर, २९ असोज । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)/का लुम्बिनी प्रदेश सचिव मदन जिएमले जन्मदिनमा रक्तदान गरेका छन् ।
मंगलबार जिएमले तुलसीपुरस्थित रक्तसञ्चार केन्द्रमा रक्तदान गरेका हुन् । रगत अभावमा छटपटिरहेकाहरुको राहातकालागि रक्तदान गरेको उनले बताए ।
रगतदान नै जीवन दान भएको भन्दै आफू जन्मिएको दिनमा रक्तदान गरेको उनको भनाई छ ।
जन्मदिनमा अनावश्यक तडकभडक भन्दा सामाजिक कार्य गर्नुपर्ने उनको मान्यता रहेको छ ।