अखिल (क्रान्तिकारी) को आयोजनामा फुटबल प्रतियोगिता सुरु

नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी)  नेपाल राष्ट्रिय मा वि भालुवाङ-१ देउखुरी दाङ मुल इकाई समितिको आयोजनामा एबम राप्ती गाउँपालिका समितीको समन्वयमा दशैँ विशेष फुटबल प्रतियोगिता कार्यक्रम सुरु भएको छ ।

इकाई समिती अध्यक्ष मन्दिप पोख्रेलको अध्यक्षता एबम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा तथा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा र राप्ती गा.पा. वडा नं २का अध्यक्ष एबम् राप्ती गाउँपालिका प्रवक्ता पहलवान चौधरी (अनुप) को विशिष्ट आतिथ्यमा कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा वडा नं २का निवर्तमान अध्यक्ष जगत थापा ज्यु
YCL नेपाल दाङ जिल्ला सदस्य प्रेम खत्री ज, YCLनेपाल राप्ति गाउँपालिका समितिका उपाध्यक्ष शरद गिरी अखिल (क्रान्तिकारी) दाङ क्षेत्र न १ संयोजक भरत भुसाल, अखिल (क्रान्तिकारी) लमहि संयोजक मनिष पान्डे, अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज अध्यक्ष लोकेन्द्र डांगी , अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रसान्त पोख्रेल उपस्थिति थियो अखिल (क्रान्तिकारी) राप्ती गाँउपालिका संयोजक विनोद कुमार सोनी को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया -२ दाङका संयोजक युनिक आचार्य (माधवले)गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *