अखिल (क्रान्तिकारी) काे आयाेजनाम गाेरक्ष माविमा हाजिरीजवाफ

घाेराही, १९ असाेज । अखिल (क्रान्तिकारी) गोरक्ष रत्ननाथ मावि चौघेराको आयोजनामा अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

इकाई अध्यक्ष अञ्जली अधिकारीको अध्यक्षता एवम् अखिल क्रान्तिकारी घाेराही नगर अध्यक्ष विकास लम्सालको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रअ श्यामलाल मल्लकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ग्रीन समुह प्रथम, एलाे समुह द्वितीय भएका थिए । कार्यक्रममा बिजेताहरुलाइ कापी प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *