माओवादी अभियानको प्रारम्भिक समीक्षा, जनता उत्साहित भएको निष्कर्ष

घोराही, ७ असोज । ुजनजनमा माओवादी, घरघरमा माओवादीु भन्ने मुल नाराका साथ शुरू भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको दाङमा समीक्षा गरिएको छ ।

भदौ १६ गतेबाट शुरू भएको अभियानमा असोज ६ गतेसम्म भएका काम र उपलब्धिको समीक्षा गरिएको हो । अभियानले आम कार्यकर्ता पंक्ति र जनतामा नयाँ उत्साहको सञ्चार पैदा भएको माओवादीले निष्कर्ष निकालेको छ । जिल्ला स्तरीय समीक्षा गरेर माओवादीले सबै पालिका र वडाको रिपोर्ट संकलन गरिएको छ ।

बैठकमा पालिकामा खटिएका केन्द्रीय नेताहरूले प्रगति रिपोर्ट प्रस्तुत गरेका छन् । सबै केन्द्रीय नेताहरूले सरकारले गरेको काम र पार्टीको पहलकदमीबाट जनतामा नयाँ आशा देखिएको रिपोर्ट गरेका थिए ।

घोराही र बंगलाचुली क्षेत्रको जिम्मेवारी लिनुभएका केन्द्रीय सदस्य गुणेन्द्र घर्तिले अभियानले पार्टी प्रति जनताको विश्वास बढाउन थप सहयोग पुगेको बताउनुभयो । उहाँले सरकारसँग जनताका अपेक्षा धेरै भएकाले ती अपेक्षा पूरा गर्नु अहिलेको प्रमुख चुनौति भएको बताउनुभयो ।
राप्ती र गढवा गाउँपालिकाको जिम्मेवारी लिनुभएका केन्द्रीय सदस्य कृष्णी थारूले अभियानमा देखिएका केही प्राविधिक समस्यालाई हल गर्दै नयाँ उत्साहका साथ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

स्थायी समिति सदस्य एवम् अभियानका दाङ जिल्ला संयोजक जयपुरी घर्तिले अभियानले पार्टी, माओवादी नेतृत्वको सरकार, कार्यकर्ता र जनताबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुक परिवर्तनको प्रमुख वाहक शक्ति माओवादी भएको र अबको मुलुक समृद्धिको नेतृत्व पनि माओवादीले मात्रै गर्न सक्छ भन्ने कुरा जनतालाई विश्वस्त पार्नुपर्ने आवश्यक ओैंल्याउनुभयो ।

कार्यक्रम पार्टी केन्द्रीय निर्वाचन आयोगका प्रमुख कुबेर वली, नेताहरू जगप्रसाद शर्मा, हिमाल शर्मा, सुष्मा शर्मा घिमिरे, शेषुराम भण्डारी, कृष्ण अधिकार लगायतका नेतारहरूले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन पार्टी जिल्ला संयोजक सुवास पुनले गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा समाहित हुनुभएका विभिन्न व्यक्तित्वहरुलाई खादा र माला लगाएर स्वागत गरिएको थियो ।
पछिल्लो समय माओवादी केन्द्रप्रति आकर्षण बढिरहेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले बताउनुभयो । अहिले अन्य पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर समेत बढेको उहाँको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *