दाङ, असोज ५ । घोराही ७ सौडियार स्थित माबी सौडियारमा स्थायी शिक्षकहरुको आन्दोलन चलिरहेकै बेला बिब्यसकै पहलमा अग्रेजि माध्यमको पढाई सन्चालन भएको छ ।
पढाई सुचारु गरेकोमा शिक्षकलाई बिब्यसले धन्यवाद दिएको छ । आईतबारदेखि नियमीत कक्षा सुरु हुने बिब्यसले जनाएको छ । आन्दोलनले उठाएका जायज मागप्रती बिब्यसको समर्थन हुँदा हुँदै पनि बिद्यालयका प्रअ ज्ञानेन्द्र गौतमले नै आफै आन्दोलनकारी भएको र बिद्यालय खुल्ने भनेपछि बन्द गर्न दबाब आएकाले बिद्यालय खुलाउन नसक्ने ब्यहोरा उल्लेख गर्दै कारबाही भोग्न तयार रहेको बताएपछि बिब्यस सदस्य जिउधन चौधरीको पहलमा बिद्यालयको मुल गेट बाहिर र पछि ताला खोलेर बिद्यालयको प्राङ्गणमा वसेर शिक्षकले पढाउन सुरु गरेको बिब्यस अध्यक्ष निशानदाजु भट्टराईले बताए । त्यसको लागि बिब्यसको अनुरोधलाई स्विकार गर्दै आन्दोलनलाई सिर्जनात्मक बनाउने कुरामा सहयोग गरेकोमा शिक्षकप्रति अध्यक्ष भट्टराईले आभार ब्यक्त गरे ।
आइतबारबाट बिहानको प्लस टु र नेपाली मिडियमको पढाई पनि सुरु गर्ने बिब्यसको भनाई छ । यदि स्थायी शिक्षकहरुले आफ्नो दायित्व भुलेर आन्दोलनमा जारि राख्ने भए आन्दोलनको समयमा आफै बिदामा बस्न पनि अध्यक्ष भट्टराईले अनुरोध गर्दै अन्यथा कानुन बमोजिम हुने कुरामा सचेत गराएका छन ।
पहिलो दिन थोरै बिद्यार्थी उपस्थित भएपनि पढाई सुरु गरिएको भन्दै बिब्यस सदस्य जिउधन चौधरीले बालबालिकाको भबिष्यप्रती खेलवाड नगरौ भन्ने शन्देश दिन बिद्यालय खोलीएको बताए ।