चेतना अनलाइन
घाेराही, २ असाेज । संंविधान दिवस २०८० को अवसर पारेर तुल्सीपुरको १८ नं. वडाले दुधरासमा दिपप्रज्वलन गरेको छ ।
माओवादी रुपान्तरण अभियान सहितको टोलीले दुधरास बजारको पिपलबोटमा सरसफाई गरी दिपप्रज्वलन गरेको थियो । कार्यक्रमका प्रमुख अथिति माओवादी प्रदेश कमिटी सदस्य अजयदीप शर्माले बुबा पुस्तादेखि हामीसम्मको दुःख,पसिना र मेहेनतको फल यो संविधानमा रहेको भन्दै यसको कार्यान्वयन भए सबै नेपालीका लागि सुखका दिन आउने बताउनु भयो । उहाँले वर्तमान संविधान १० वर्ष जनयुद्धको प्रतिफल भएकाे उल्लेख गर्दै यसकाे रक्षा गर्ने जिम्मेवारी माओवादीकाे काँधमा आएकाे धारणा व्यक्त गर्नुभयाे।
संविधान पूर्ण कार्यान्वयनमा आए शिक्षा, स्वास्थ्य लागाएतका मौलिक हकहरु जनताले निशुल्क रुपमा उपभोग पाउने भन्दै प्रमुख अतिथि शर्माले संविधान कार्यान्वयनका लागि सोही अनुसारको कानुन छिटो निर्माण निर्माण गरिनुपर्ने बताउनु भयो ।
वडाका सचिव डिल्ली ददेल संन्चालन रहेको कार्यक्रमलाई सह–सचिव गिरीराज नेपालीले स्वागत गर्नु भएको थियो ।