चेतना अनलाइन
घाेराही, २ असाेज । नेकपा (माओवादी केन्द्र) ले शुरू गरेकाे तीन महिने जनतासँग विशेष रूपान्तरण अभियान दाङमा प्रभावकारीरूपमा सञ्चालन भइरहेकाे छ
जिल्लाका एक सय ओटै वडामा अहिले माओवादीले विभिन्न रचनात्मक कामहरू गरिरहेकाे छ । आम जनतासँग भेटघाट तथा छलफल गर्ने काम भइरहेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे । उहाँका अनुसार याे अभियानले पार्टी, जनता र माओवादी नेतृत्वकाे सरकारबीच सम्बन्धलाई बलियो बनाउने विश्वास गर्नुभयाे ।
यसैबीच माओवादी केन्द्र घाेराही १५ ले घाेराहीमा बृहत् रक्तदान गरेकाे छ ।
रक्तदानमा ३१ जनाले रक्तदान गर्नुभएको नेता उपकार रावतले जानकारी दिनुभयाे । रक्तदान जीवन दान भएकाले आफूहरू बृहतरूपमा रक्तदान गरेकाे उहाँले जानकारी दिनुभयाे ।