बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
उहांले सोमवार विहान शुभकामना सन्देश जारी गर्नुहुदै देश विदेशमा रहनु भएका लुम्विनी प्रदेशवासी सम्पुर्ण आमा– बुवा, दाजु–भाई, दिदी– बहिनीहरुमा शुभकामना व्यक्त गर्नु भयो । उहांले विशेष गरी महिला दिदी वहिनीहरुमा यो पर्वले हरेक दृष्टीकोणले अब्वल र सक्षम बनाउन अभिप्रेरणा प्रदान गरोस भनी कामना गर्नु भएको छ ।
सभामुख घर्ती मगरले सामाजिक, राजीतिक, सांस्कृती र आर्थिक बेदना र दर्द भरिएको तीजको गितको लय अन्त्य गरी खुसी, संमृद्धीको लय साट्न सकौं भनी शुभकामना ब्यक्त गर्नु भएको हो ।
नेपालमा पौराणिक समयदेखि नै यो पर्व मनाउंदै आएको पाइन्छ । नेपाली जनजीवनको सामाजिक–साँस्कृतिक पहिचान व्यक्त गर्ने यो पर्वको आफ्नै विशेषता र महत्व रहेको छ ।
सभामुख घर्ती मगरले आधुनिकीकरणको नाममा भड्किलो कार्यले साँस्कृतिक पक्षलाई ओझेलमा पारेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । उहांले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ – “आधुनिकीकरणको नाममा तिजलाई उत्ताउलो र खर्चमूखी बनाउँदै लगिएको छ । यसले सामाजिक मुल्यमान्यता बोकेको मौलिक सांस्कृतीक पर्वहरुमा विकृतीहरु घुस्न थालेका छन । जुन तीजको नाममा हाम्रो समाजमा भित्रिएको नकारात्मक पक्ष हो । यस्ता गलत प्रवृति बढ्दै जांदा आर्थिक भार मात्र होइन मौलिक सँस्कृतिमा पनि असर पुगेको छ । तसर्थ तीज पर्वलाई मौलिक पर्वको रुपमा मनाउन म अनुरोध समेत गर्दछु ।”
धर्म सस्कृति, परम्परासंग जोडिएको पर्वहरुले एकता,सामाजिक सद्भाव, सह–अस्तित्व, भातृत्वको विकास र सम्बन्ध सुदृढ गर्दै आएकाले। ति पर्वहरुको संरक्षण गर्नु सबै नेपालीहरुको दायित्व रहेको शुभकामना सन्देशमा उल्लखे गरिएको छ ।
सभामुख घर्ती मगरले राजनीतिक परिवर्तनमा नेपाली महिलाहरुको अतुलनीय योगदान रहेको उल्लेख गर्नुहुदै योगदानको उच्च सम्मान व्यक्त गर्नु भयो ।
लुम्विनी प्रदेश सभा महिलाहरुको हक अधिकार स्थापित गराउने सन्दर्भमा सकारात्मक भूमिकाको साथमा नीति तथा कानुन निर्माण गर्दै आएको छ र महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि पनि पहल गरिहने प्रतिवद्धता समेत उहांले व्यक्त गर्नु भएको छ ।
