९ औं बोगटी स्मृति दिवस, पार्टी रुपान्तरणका लागि बोगटीको जीवन अनुशरण गरिनुपर्ने

घाेराही, ३० भदाै । माओवादीका शिर्ष नेता पोष्टबहादुर बोगटीको ९ औं स्मृति दिवस दाङमा एक अन्र्तक्रिया कार्यक्रम गरेर मनाइएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान दाङ शाखाले आयोजना गरेको अन्तरक्रियामा माओवादी आन्दोलनमा बोगटीको योगदानका बारेमा चर्चा गरिएको थियो । पोष्टबहादुर बोगटी माओवादी आन्दोलनका लागि बिर्सन नसकिने नाम भएको भन्दै गैरमाओवादी बृत्तमा पनि बोगटीको व्यक्तित्व सहज र मिलनसार रहेको अन्र्तक्रियाका सहभागिले बताएका थिए ।

वोगटीको स्मृतिलाई माओवादीले संन्चालन गरेको ३ महिने ‘जनतासँग माओवादी रुपान्तरण अभियान’को विषयसँग जोडेर गरिएको अन्र्तक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले पार्टीलाई रुपान्तरण गर्न सबैले बोगटीको जीवनशैलीलाई अनुशरण गरेर चल्न सक्नुपर्ने कुरा बताएका थिए । माओवादीको आफनोपन र पहिचान गुम्दै जान थालेकोमा चिन्ता व्यतm गदै बोल्ने बतmाहरुले बोगटीको निष्ठा, विचार र आर्दशलाई थोरै भएपनि नेताले अनुशरण गर्नुपर्ने बताएका थिए ।

 

बोगटी दाङ प्रतिष्ठान शाखाका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षता रहेको अन्र्तक्रियाका प्रखुम अथिति माओवादी केन्द्रका केन्द्रिय सदस्य नारायण अधिकारी, सुष्मा शर्मा,घिमिरे, माओवादी केन्द्रिय सदस्य तथा प्रतिष्ठानका केन्द्रिय महासचिव निर्मल आचार्य, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार शेसुराम भण्डारी, माओवादी जिल्ला संयोजक सुवास पुनले बोगटीको योगदानका बारेमा चर्चा गदैं माओवादीले संन्चालन गरेको ३ महिने अभियानको लक्ष्य, उदेश्यका बारेमा स्पष्ट पादैं अभियानले जनतासँग पार्टीको सम्बन्धलाई नयाँ उचाईमा उठाउने बताउनु भएको थियो । अन्र्तक्रियामा नेता बोगटी प्रति श्रद्धान्जली व्यतm गदैं अजयदिप शर्मा, विश्वराज आचार्य, निर्मल गौतम, राजन शाह, शक्तिराम डाँगी, अर्जुकुमार रिजाल, उमानन्द खनाल लगायतकाले अभियानमा जनताद्धारा उठाइएका प्रश्न राय, सुझावका बारेमा चर्चा गरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष रमणकुमार शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष प्रमिता चौधरीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *