‘माओवादी सरकारमा रहँदा पनि जनताकाे साथ नछाेड्दा खुसी भएका छाैं’

चेतना अनलाइन

घाेराही, २५ भदौ । नेकपा (माओवादी केन्द्र) ले शुरू गरेकाे जनतासँग तीन महिने विशेष रुपान्तरण अभियान दाङमा प्रभावकारी बनिरहेकाे छ ।

जिल्लाका १० ओटै पालिका र एक सय ओटा वडामा अहिले माओवादी नेता तथा कार्यकर्ताहरू जनतासँग छलफल, अनतरक्रिय र विभिन्न रचनात्मक काम गर्न व्यस्त छन् । कतै विकास निर्माण त कतै सरसफाइका कामहरू भइरहेका छन् । अभियान अन्तर्गत जनता, पार्टी र सरकारबीचकाे सम्बन्ध सुमधुर पार्ने काम भइरहेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।

माओवादीकाे अभियानले जनतामा खुसियाली छाएकाे दंगीशरण निवासी सिरुपति चाैधरीले बताउनुभयाे । ‘सरकारमा जाँदा सबै पार्टीहरूले जनता बिर्सन्छन्, तर माओवादीले अहिले जनताको साथ छाडेकाे छैन,’ उहाँले भन्नुभयाे, ‘सरकारमा गएका पार्टीका नेताहरू अहिले घर-घरमा आएर जनताको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने काम गरिरहनुभएकाे छ ।’

माओवादीले शुरु गरेकाे जनतासँग साथसाथै रहने अभियानलाई निरन्तरता दिइरहनुपर्ने अर्का स्थानीय रेवन्त राेकाले बताउनुभयाे । ‘हामीले यस्तै जनताको साथसाथै रहने पार्टी खाेजेकाे हाे,’ उहाँले भन्नुभयाे, ‘यसरी माओवादी अघि बढ्ने हाे भने आगामी निर्वाचनमा सबैभन्दा ठूलाे दल बन्ने देखिन्छ ।’

अर्का स्थानीय शिव वलीले अब पार्टीका नेताहरूले आफूले गरेका कमिकमजाेरी प्रति आत्माआलाेचित हुँदै जनताकाे साथमा जानुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

यसैबीच अभियान अन्तर्गत दंगीशरणमा पार्टीकाे पालिका स्तरीय बैठक सम्पन्न भएकाे छ ।

अध्यक्ष मनिराम चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रम पार्टी स्थायी समिति सदस्य जयपुरी घर्ती, केन्द्रीय सदस्य पट्टु थारु, जिल्ला सचिव विश्वराज आचार्य, नेताहरू भीमबहादुर वलि, हिरालाल चाैधरी, राधिका परियार लगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन डिएल गाैतमले गर्नुभएको थियाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *