चेतना अनलाइन
घाेराही । नेपाली काङ्ग्रेस सम्बद्घ व्यापारिक संगठन प्रजातान्त्रिक उद्यमी संघ र नेकपा (माओवादी केन्द्र) सम्बद्ध व्यापारिक संगठन नेपाल उद्याेग व्यापार संगठनले दाङ जिल्ला उद्योग वाणिज्य संघकाे अध्यक्ष पदमा वसन्त जाेशीलाई सर्वसम्मत अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहि असोज १३ गते हुने चुनाबको चहलपहल बजारमा सुरु भएको छ । चुनावि चहल पहल भएसंगै गठबन्धन गरे जाने बारेमा विभिन्न दलका वार्ता समितीले बैठक जारि रहेको छ ।
पार्टी नेताहरूकाे अग्रसरतामा बसेकाे बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्यमी संघका उम्मेदवार वसन्त जोशीको नेतृत्वमा जाने निर्णय भएको प्रजातान्त्रिक उद्यमी संघका सल्लाहकार दिपक सुबेदीले जानकारी दिनु भयो ।
दुई संगठनकाे निर्णय अनुरुप जाेशीलाई सर्वसम्मत बनाउन अन्य बिचारमा आबद्ध व्यापारीक संगठनहरूसँग पछि छलफल अघि बढाउने निर्णय गरिएकाे छ ।
बैठकमा प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष काली बहादुर खत्री , सल्लाहकार श्याम सुवेदी , खडक बुढाथोकीले , दिपक सुवेदी , दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी नेपाल उद्याेग व्यापार संगठनका संयाेजक नारादमणि पाेख्रेल, माओवादिद्वारा गठित वार्ता समितिका संयोजक तारा अधिकारी दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकि लगायतको उपस्थित रहेको थियो ।