संविधान दिवसमा माओवादीले रक्तदान गर्ने

घाेराही । आगामी असाेज ३ गते संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) ले घाेराहीमा रक्तदान गर्ने भएकाे छ ।

माओवादीको जनतासँग विशेष रुपान्तरण अभियान अन्तरगत घोराही ब्लड बैकको प्राविधिक सहयोगमा रक्तदान गर्न थालिएको हाे ।

माओवादी घोराही -१५ वडा कमिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयाेजना गरिएकाे नेता उपकार रावतले जानकारी दिनुभयाे । उहाँका अनुसार नेपालगन्ज सेकुवा कर्नर रहेको भवन ( जिल्ला अदालत नजिक ) घोराहीमा विहाा ११ बजे रक्तदान राखिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *