महेन्द्र क्याम्पस फुटसलकाे उपाधि विविए (ए) लाई

चेतना अनलाइन

घाेराही, २४ भदाैं । अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा भएको आन्तरिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा BBA(A) बिजेता बन्दै उपाधी चुनेको छ भने BBS(D) उपबिजेता भएको छ । अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई समिती संयोजक प्रसान्त पोख्रेलको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र दाङमा सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यता एबम महेन्द्र बहुमुखी क्याम्पस प्रमुख भरतराज न्यौपाने र अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेस प्रमुख सचिब राजेन्द्र विष्टको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रमम अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य प्रतीक अधिकारी, अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा, नेकपा माओवादी केन्द्र घोराही नगर समितिका नेता शक्तिराम डाँगी, स्ववियु सभपाती मनोज डिसि , अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्यहरु हिमाल महरा, डिभाइड शर्मा, अखिल क्रान्तिकारी घाेराही नगर समिति संयाेजक विकास लम्साल, पद्माेदय क्याम्पस स्ववियु सभापती बिश्नु गोराथोकी , अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य कुलराज बिष्ट को आतिथ्यता रहेको थियो भने कार्यक्रम सहजिकरण झकेन्द्र परियारले गर्नु भएको थियो ।

कार्यक्रममा बिजेता टिमलाई प्रमाणपत्र , मेडल प्रदान गरिएको अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य एबम विद्यार्थी जागरण अभियान महेन्द्र बहुमुखी क्याम्पस कमान्डर गोबिन्द मल्लले जानकारी दिनु भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *