पद्माेदय चौथो बर्षका बिद्यार्थीले गरे आश्रममा कार्यक्रम

दाङ।पद्माेदय क्याम्पस बिबि एस चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले जेष्ठ नागरिक सराेकार केन्द्र तेरौटे दाङमा एक कार्यक्रम सम्पन्न गरेका छन । बिद्यार्थीहरुले तिजकाे अवसर पारि आश्रममा रहनुभएका आमाबुवाहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेका हुन ।

तेस्रो बर्षमा मार्केटिङ गरेबापतकाे नाफा रकम सामाजिक क्षेत्रमा उत्साहजनक सहभागीता भई एक कार्यक्रम सम्पन्न गरेका छन । क्याम्पसका शिक्षक र बिद्यार्थीहरु गरि २४ जनाकाे सहभागीता रहेको कार्यक्रममा खिर, पुरी,अचार लगायतका विभिन्न परिकारहरु वृद्ध आमावुवाहरुलाई खुवाएका हुन । आश्रममा रहेका ६० बर्ष देखि ९० बर्ष सम्मका १५ जना अशक्त, दृस्टीबिहिन र शारीरिक अशक्त आमाबुबालाई मनाेरञ्जनमा सहभागी गराइ केही खुसि थप्ने वातावरण शिर्जना गरेका हुन ।

बिगत लामाे समय देखि यस पद्माेदय क्याम्पसका बिद्यार्थीहरुले बिभिन्न समाजसेवाका कामहरु गर्दै आईरहेकाका छन । बिद्यार्थीहरुले गरेका बिबिध क्रियाकलापले आर्जन गरेकाे नाफालाई प्रत्येक बर्ष विभिन्न शिर्षकहरुमा लगानि, आर्थिक सहयाेग, समाजसेवा, दुखि गरिबीलाई सहयाेग तथा सार्वजनिक क्षेत्रमा समाजसेवा गर्दैआएका छन । प्रत्येक बर्ष तेस्रो बर्षमा मार्केटिङ गरेबापतकाे नाफा रकम सामाजिक कार्यमा तथा बिद्यालयहरुमा अक्षकोष स्थापना पनि गर्दै आएका छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *