माओवादीले दाङका सबै वडा पार्टी कार्यालयलाई ‘डिजिटल’ युक्त बनाउने

चेतना अनलाइन

घाेराही, १९ भदाै । नेकपा माओवादी केन्द्रले दाङका एकसय वडामा डिजिटल प्रविधियुक्त पार्टी कार्यालय स्थापना गर्ने भएको छ ।

ती सबै वडा कार्याललाई डिजिटल युक्त बनाउने भएकाे छ । माओवादीले सबै वडा कार्यालयमा कम्प्युटर सहितकाे व्यवस्थित गराउने निर्णय गरेकाे छ । ‘अहिलेकाे जमाना नै डिजटलयुक्त हाे, अब हाम्रा सबै गतिविधिकाे अभिलेख डिजिटल प्रविधिबाट गरिने छ,’ माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले भन्नुभयाे, ‘अब हाम्रा एक सय ओटै वडा र १० पालिकाले आफूले गरेका सबै गतिविधि कम्प्युटरकृत गरेर माथिल्लो कमिटी समक्ष पेश गर्नुपर्ने छ ।’
पार्टीले सबै वडा कमिटीमा कम्युटर सम्बन्धि काम गर्न जान्ने कर्मचारीकाे व्यवस्था गर्ने छ ।

नेकपा माओवादी केन्द्रको ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ अन्तरगत घोराहीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका स्थायी कमिटी सदस्य एवंम् अभियानका जिल्ला संयोजक जयपुरी घर्तीको अध्यक्षतामा बसेको तीन महिने अभियानलाई व्यवस्थित गर्न पार्टी कार्यालय संचालन गर्न लागेको जानकारी दिनुभयो ।

बैठकले कर्मचारी सहित कम्यूटर व्यवस्थापन गरी वडाको सम्पूर्ण कामको अभिलेख वडा/वडामा नै राखिने जानकारी दिनुभयो ।

यस्तै बैठकले १० वटा पालिकामा खाता संचालन गर्ने,पार्टी सदस्यता नविकरण गर्ने ,आर्थिक सहयोग संङकलन गर्ने, अभियानका क्रममा श्रमशिविर संचालन गरिने जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तरगत भदौ २३ देखि असोज २७ गते सम्म जनतासंग भेटघाट,छलफल लगाएतका दैनिक कार्य तालिका निर्माण गरी गाउँमा अभियान संञ्चालन गरिने जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *